Thursday, April 19, 2012

Bhutanese Literary & Cultural Program 2012 (Headlight)


(०४-२८-२०१२)
'भुटानी साहित्यिक तथा सांस्कृतिक कार्यक्रम २०१२'
भूमिका तथा परिचय :
यही मिती ०४-२८-२०१२, शनिबारको दिन फोर्ट वोर्थ, टेक्सस अमेरिकामा हुन लगेको 'भुटानी साहित्यिक तथा सांस्कृतिक कार्यक्रम २०१२', अमेरिकामा पुनर्वास भएका भुटानी युवाद्वारा आयोजित पहिलो राष्टृयस्तरको ऐतिहासिक भुटानी साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हो । यस कार्यक्रममा टेक्ससको विभिन्न शहर लगायत अमेरिकाको विभिन्न प्रान्तबाट भुटानी साहित्य-संगित प्रेमिहरुको भेला हुनेभएको छ । 'ड्रेगोन लिगेसी सक्कर क्लब'द्वारा आफ्नो भाषा-साहित्य; संगित, कला-संस्कृती र पहिचान चिनाउन र यो विरानो मुलुकमा आफ्नो समुदयमा यसलाई जोगाई राख्न अनि भावी-पिडीमा यसको निरन्तर अभ्यास गर्ने मन्च निर्माणको निम्ती पहिलो प्रायस स्वारुप गरिएको कार्यक्रम हो यो । यो कार्यक्रम आफ्नो भाषा-संस्कृती प्रती झुकाव राख्ने र समर्पित हुन चहाने युवाहरुको एउटा प्रयाष हो जो आफैमा परिपक्क छैन र तपाईंको साथ, सल्लाह-सुजाव र सहयोगको अत्यन्त आवस्याक छ ।
'ड्रेगोन लिगेसी सक्कर क्लब' एउटा भुटानी युवा खेलकुद प्रती विशेस समर्पित युवा संगठन हो जो युवा खेलकुदमा मात्र सिमित नरहेर बिभिन्न भुटानी सामजिक कार्यहरु गर्दै आएको छ र गर्दै जनेछ । यस क्लबको अध्यक्षता आदरणिय दाजू श्री सन्त लामा ज्यूलाई सुम्पिएको छ भने सम्पूर्ण जिम्मेवारी सम्पूर्ण युवा सदस्यहरु आ-आफैले लिएका छन । यस क्लबले विसेष भुटानी युवाको चौतर्फी(सर्वाङ्गिण) विकासमा जोड दिने प्रायस गर्दैछ र गरिरहनेछ । यसको संयोजनको अभिभारा भुटानी युवा श्री बिकास घलेले लिरहनु भएको छ । आशा छ सम्पूर्ण अमेरिका वासी भुटानीले साथ दिए केहि युवा र समाज बिकाशका कार्यहरु गर्न यो क्लब सफल हुनेछ ।
कार्यक्रमको उद्देश्य :
  • आफ्नो पुर्खेउली/जन्मभूमिबाट धेरै टाडा एउटा विरानो मुलुकमा आफ्नो सामुदायिक पहिचनको अभ्याषलाई निरन्तर्ता दिन ।
  • आफ्नो भाषा; साहित्य; कला; संस्कृति; भेष-भुषा र समुदयसँग सम्बन्धित विभिन्न पहिचानहरु उजागर गर्न, जोगाउन र त्यस्ता विषय- बस्तुहरुलाई प्राथामिक्ताको साथ सामुदायिक महत्वा झल्काउन ।
  • अमेरिकामा भुटानी नेपाली भाषा साहित्यलाई संस्थागत गर्न बुद्धिजिवीहरु प्रती आव्हान गर्न । जसले गर्दा हामी बाँच्ने यो भूमिमा आफ्नो मातृभाषा मर्नेछैन । यही पिडी देखी नै आफ्नो भाषा पठन-पाठन हुनेछ जसको निम्ती हाम्रा वुद्धिजिवीहरुले स्तर अनुसारको पाठ्यक्रम निर्माण र आवश्यक स्रोत-साधन सँकलन गर्न उत्साहित हुनुहुनेछ ।
  • मन्च; निकाश वा भर्पर्दो सामाजिक आधार नपाएका कलाकार, स्रस्टा वा साहित्य-संगित प्रेमी र समज निर्माण प्रती झुकाव भएकाहरुको निम्ती माध्यम वा मन्च निर्माण गर्न एउटा प्रायस ।
  • अमेरिकामा पुनर्वास भएका भुटानी युवाको आफ्नो समाजप्रतिको स्रध्दा भाव र समर्पणलाई दिगो राख्न र यसलाई अझ प्रगतिशिल बनाउन युवाहरुद्वारा, युवाहरुसँग, युवाहरुको निम्ती युवाहरु बिच निर्माणका गतिविधी/कार्यक्रम गर्न र गरौन ।
  • अमेरिकामा पुनर्वास भएका सम्पूर्ण भुटानी नेपालीहरुलाई भाषा, संस्कृती(जिवनशैली) र उत्पति-जन्मभूमिको आधारमा एकै ठाउँ लेउन एउटा प्रायस।
  • अमेरिकामा भुटानी नेपाली भाषा साहित्यको निरन्तर अभ्यासको निम्ती एउटा औपचारिक सुरुवात गर्न ।
आव्हान तथा निमन्त्रणा :
यही मिती ०४-२८-२०१२, सनिबार 'ड्रगोन लिगेसी सक्कर क्लब'द्वारा हुन लागेको 'भुटानी साहित्यिक तथा सांस्कृकित कार्यक्रम'मा उपस्थित भई कार्यक्रमको सोभा बडाई दिन हुन यहाँलाई आव्हान तथा हार्दिक निमन्त्रणा गर्दछौँ । हजुरको उपस्थिती र सहयोग बिना हाम्रो प्रायस वा कार्यक्रम अधुरो रहनेछ । आज आफ्नो समाजलाई शिरमा राखी भविष्य निर्माणमा लागेका युवाहरुलाई तपाईं जस्तो समाजको हरेक समजदार व्याक्तिको सहयोगको आवश्यक्ता छ । आशा छ हजुरले युवाहरुमा जागेको निस्वार्थ सेवा भाव मर्नदिनु हुनेछैन ।
कार्यक्रमको केहि आकर्षणहरु :
  • टेक्ससको विभिन्न शहर लगायत अमेरिकाको विभिन्न स्थानबाट भुटानी नेपाली साहित्यिक व्याक्तित्व तथा कलकारहरुको उपस्थिती हुनेछ ।
  • नेपाली तथा अंग्रेजी साहित्यका विभिन्न विधामा हाम्रा भुटानी साहित्यिक अभ्यासकर्ताहरुले (-आफ्नो) रचना प्रस्तुत गर्नेछन ।
  • ख्याती प्राप्त स्रस्टाहरु सहित उद्दयमान स्रस्टा र नवोधित भुटानी गायक तथा कलाकारहरुद्वारा रोचक प्रस्तुती हुनेछ ।
  • कार्यक्रममा अमेरिकामा पुनर्वास भइसकेका भुटानिहरुको विविन्न संघ-संस्थाहरुका उच्च पदाधिकृत तथा प्रतीनिधिहरुको उपस्थिती रहनेछ
  • औपचारिक कार्यक्रम सकिएपछी सोही दिन बेलुकिको सात बजेतिर 'साहित्यिक साँझ' कार्यक्रम हुनेछ; जहाँ भुटानी साहित्यिक भलाकुसारी हुनेछ । यो अनौपचारिक कार्यक्रम आयोजकद्वारा कुनै निजी घरमा गराइनेछ ।
प्रार्थी
कार्यक्रम संयोजक
ड्रेगोन लिगेसी क्लब
४५०० क्याम्पस ड्रइव, फोर्ट वोर्थ, टेक्सस्, ७६११९
Contact: 817-768-0365(Bikash Ghalley), 682-221-4750(Menuka 'Kadambari')

No comments:

Post a Comment