Sunday, May 6, 2012

हार्दिक समवेदना तथा सुद्धाइँ कार्यको निमन्त्रणा


भुटानी समुदायिक विकास मन्च, अमेरिका
फोर्ट वोर्थ, टेक्सस, यू. एस. .

हार्दिक समवेदना तथा सुद्धाइँ कार्यको निमन्त्रणा

हाम्री प्रिय मित्र, अमेरिकि भुटानी उदयियमान स्रस्टा, विस्व भुटानी साहित्य संगठन(GBLO)की टेक्ससबाट अमेरिका प्रतीनिधी तथा फोर्ट वोर्थको भुटानी साहित्यिक औ सामाजिक गतिविधिहरुमा सकृय युवा सुश्री मेनुका गुरुङ 'कादम्बरी' तथा दमकस्थित शरणाथी शिबिरमा सत्र वर्ष Save the Children (UK), AMDA Nepal जस्ता संग-संस्थाबाट हाम्रो समाजको निम्ती स्वास्थ्य सेवा पुर्याउनु हुने हाम्रा प्रिय दाजु श्री नरेश गुरुङ ज्यूको आत्मिया-पुज्य पिता स्वा. श्री नर बहादुर गुरुङ ज्यूको गता मिती अप्रिल २९, २०१२, आइतबारको दिन प्रभातको ७:०० बजे काल-गतिले स्वार्गारोहण भएकोले दिवाङ्गत आत्माको चिर सान्तिको निम्ती परमेश्वरमा प्राथान गर्दै भावपुर्ण शब्द श्रद्धान्जली अर्पण साथै सोकाकुल परिवारमा यो पिडादायक घडीसँग लड्न परमेश्वरले सक्ती आशिर्वाद दियून भनि प्राथान गर्दै सोकाकुल परिवारका सम्पुर्ण सदस्यप्रती हार्दिक समवेदना व्यक्त गर्दछौ ।

यो हार्दिक श्रद्धान्जली तथा समवेदना अभिव्यक्तीसँगै गत मिती ०५-०१-२०१२ मङ्गलबार मलामीको रुपमा पाल्नुहुने सम्पुर्ण जन, सोकाकुल परिवारका सम्पुर्ण आफन्ता जन, छरछिमेकीहरु तथा गाउँले बन्धु-बान्धवाहरुलाई सुद्धाइँ कार्यको निम्ती मिती ०५-०७-२०१२, सोमबारको दिन दिउँसो १२ बजेतिर परिवारको आफ्नै निवाशमा आइदिनु हुन सोकाकुल परिवारको निमन्त्रणा यही पत्र मार्फत सर्वजनिक जानकारी गरिन्छ ।

प्रार्थी
भुटानी समुदायिक विकास मन्च परिवार
फोर्ट वोर्थ, टेक्सस, यू. एस. .

No comments:

Post a Comment