Monday, May 28, 2012

Youths' Activities & Appeal


भुटानी ड्रेगन लिगेसी सक्कर क्लब
४५०० क्याम्पस ड्रइव, फोर्ट वोर्थ, टेक्सस्, ७६११९
आव्हान पत्र

भूमिका तथा परिचय :
"सत्यमेव जयते"
"आज यूवाहरुलाई उद्धहारण र प्रेरणा चाहिएको छ आलोचना र भेदभाव होईन ।" "तपाईंले एउटा यूवालाई निर्माणको सही मार्गमा निर्देशित गर्न सफल हुनु भयो भने तपाईंले समाजको एउटा पुस्तालाई सही मार्गमा पाउनु हुनेछ जस्ले आउने अर्को पुस्तालाई मार्ग निर्देशित गर्नेछ ।"
-भुटानी सामुदायिक विकास मन्च(BCDF)

'भुटानी ड्रेगोन लिगेसी सक्कर क्लब' फोर्ट वोर्थ, टेक्सस, अमेरिकामा पुनर्वास भएका भुटानी यूवाहरुद्वारा स्थापित भुटानी यूवाहरुको एक मात्र स्वातन्त्र सामाजिक संस्था वा क्लब हो । यो क्लब भुटानी युवा खेलकुद प्रती विशेस समर्पित युवा संगठन हो जो युवा खेलकुदमा मात्र सिमित नरहेर बिभिन्न भुटानी सामजिक कार्यहरु गर्दै आएको छ र गर्दै जनेछ । यस क्लबको स्थापना डिसम्बर ३१, सन २०११मा भएको हो तर यो मिती अगाबै केहि महिना अघी देखिनै यस्को सामाजिक सकृयता रही आएको थियो ।

क्लबको आफ्नो बारे कुरा गर्दा; अहिले यो आफ्नै ढङ्गमा, नयाँ प्रविधी सहित स्वातन्त्र रुपमा अघी बडिरहेको छ । यस क्लबको अध्यक्षता आदरणिय दाजू श्री सन्त लामा ज्यूलाई सुम्पिएको छ भने सम्पूर्ण जिम्मेवारी सम्पूर्ण युवा सदस्यहरु आ-आफैले लिएका छन । यस क्लबले विशेष भुटानी युवाको चौतर्फी(सर्वाङ्गिण) विकासमा जोड दिने प्रायस गर्दैछ र गरिरहनेछ । यसको संयोजनको अभिभारा भुटानी युवा श्री बिकास घलेले लिरहनु भएको छ भने उप-संयोजन र टिम व्यवास्थापन, युवा खेलाडी नारायण मगरले गरिरहेको छ । यस क्लबको व्यवास्थापनप्रती श्री ए. के. राना साम्पाङ र आदरणिय पस्टर श्री टङ्का बि. दर्जी ज्यूले सकृय भूमिका खेलिरहनु भएको छ । खेलकुद विकासप्रती भुटानी युवाहरु आफै सजक र सकृय छन । क्लबका युवा सदस्यहरुको खेलकुद बिकासको निम्ती सक्कर प्रशिक्षणमा लोकप्रिय भुटानी यूवा खेलाडी श्री दावा लामा 'भोटे'ले स्वयंसेवी प्रशिक्षकको भूमिका निभाईरहनु भएको छ । यस क्लबका खेलाडी सदस्यहरुलाई हालको आवस्थामा दुई समुह वा दल(Team)मा बडिएको छ; समुह - Aर समुह - B । भर्खरै जुन महिनामा अमेरिकाको क्यालिफोर्नियामा हुन लागेको दोश्रो अमेरिकि भुटानी सक्कर प्रतियोगितामा क्लबद्वारा सहभागी हुने समुहको लागि कप्तान; पुर्ण मगर(पेत राज) र उमेश दुवै हुनेछन । यस क्लबको निम्ती श्री भिम दाहाल ज्यू बरीष्ट यूवा सल्लहाकार हुनु हुन्छ भने श्री निमा लामा र श्री ईन्द्र अधिकारी यूवा सल्लहाकारहरु हुनु हुन्छ। यस क्लबको अन्य सामाजिक, शैशिक्ष, साहित्यिक, सांस्कृतिक तथा सांगितिक छेत्रको निम्ती सुश्री मेनुका गुरुङ 'कादम्बरी', नेत्र आचार्य, टेक दुध राज, मदन सिन्चुरी आदी भुटानी यूवाहरु कृयशिल छन। यस क्लबको अभिभावकको रुपमा आदरणिय अंकल श्री पेमा तामाङ्, श्री भक्त बहादुर मगर, श्री डि. बि. भुझेल, श्री नरेश गुरुङ साथै भुटानी सामुदायिक विकास मन्च(BCDF) सम्पुर्ण रुपमा रही आएको छ ।

यस क्लबद्वारा आयोजित पहिलो राष्टृयस्तरको ऐतिहासिक 'भुटानी साहित्यिक तथा सांस्कृतिक कार्यक्रम 2012' भर्खरै अप्रिल २८, २०१२ शनिबारको दिन फोर्ट वोर्थ, टेक्ससमा भव्यताको साथ सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अमेरिकाको विभिन्न स्थान लगायत टेक्ससको विभिन्न शहरबाट भुटानी नेपाली साहित्यिक व्याक्तित्व तथा कलकारहरुको उपस्थिती भएको थियो । नेपाली तथा अंग्रेजी साहित्यका विधामा हाम्रा भुटानी साहित्यिक अभ्यासकर्ताहरुले आ-आफ्नो रचना प्रस्तुत गरेका थिए । ख्याती प्राप्त स्रस्टाहरु सहित उद्दयमान स्रस्टा र नवोधित भुटानी गायक तथा कलाकारहरुद्वारा रोचक प्रस्तुती भएको थियो । यसमा विशेष नाम लिनु पर्दा भुटानी नेपाली सिङ्गिङ अईकन टेक दुध राज, विश्वा भुटानी साहित्य संगठनका प्रवक्ता श्री कर्ण बि. गुरुङ्, हिउस्टनबाट समाजसेवी पास्टर भद्र राई, गायक डि. बि. बराइली लगायत कलाकारहरु, औस्टनबाट युवा गायक शिवा के. राई लगायत कलाकार युवाहरु, फोर्ट वोर्थ वासी भुटानी कवि मणी 'दिपित' आदी । उक्त कार्यक्रम, क्लबद्वारा आफ्नो भाषा-साहित्य; संगित, कला-संस्कृती र पहिचान चिनाउन र यो विरानो मुलुकमा आफ्नो समुदयमा यसलाई जोगाई राख्न अनि भावी-पिडीमा यसको निरन्तर अभ्यास गर्ने मन्च निर्माणको निम्ती पहिलो प्रायस स्वारुप गरिएको थियो । उक्त कार्यक्रम आफ्नो भाषा-संस्कृती प्रती झुकाव राख्ने र समर्पित हुन चहाने युवाहरुको एउटा प्रयाष थियो जो आफैमा परिपक्क थिएन तर तपाईंको साथ, सल्लाह-सुजाव र सहयोगले सफलताको एक मुर्त रुप लिन सकेकोमा दुईमत नै छैन। यस कुरामा हामी तपाईं प्रती ऋणी छौँ र हार्दिक कृतज्ञता प्रकट गर्दछौँ ।

गत साल सन २०११मा यस क्लबका यूवाहरुद्वारा भुटानी सामुदायिक विकास मन्च मार्फत विभिन्न समाज विकाशका कार्यहरु गरी सकेका छन । एउटा साधारण भुटानी यूवाहरुको समुहले स्वईच्छ स्वयंसेवा र आफ्नै लगानीमा यतिका समाज विकासका योग्दान गर्नु भनेको साँचिकै उद्धहारणिय हो भन्ने हामी ठान्दछौँ । सोही मन्चबाट हाम्रा भुटानी यूवाहरुले आफ्नै प्रायशमा वृद्ध-वृद्धा, पौढ तथा अँग्रेजीमा कम्जोर वर्गलाई सहयोग स्वरुप शैशिक्षक कार्यक्रमहरु(Citizenship Classes, ESL etc), विभिन्न सामाजिक कार्यमा सहभागिता र सहयोग, दुर्गापुजा लगयत विभिन्न धार्मिक कार्यमा सहयोग आदी कार्यहरु गरिसकेका छन । हालमा पनि यस क्लबले सामाजिक कार्यको रुपमा हाम्रै समाजको अल्प-संख्यक वर्गहरुलाई अघी बड्न उत्साहित गरी रहेको छ । यसै सिलसिलामा बौद्धा धर्मावलम्बिहरुको फोर्ट वोर्थमा बौद्ध गुम्ब स्थापना गर्ने कार्यमा केहि हतसम्म सहयोग गरेको छ ।

आशा छ सम्पूर्ण अमेरिका वासी भुटानीले साथ दिए युवा र समाज बिकाशका कार्यहरु गर्न यो 'भुटानी ड्रेगन लिगेसी सक्कर क्लब' सफल हुनेछ ।

भुटानी ड्रेगन लिगेसी सक्कर क्लबका केहि अन्य उद्देश्यहरु :
  • आफ्नो पुर्खेउली जन्मभूमिबाट धेरै टाडा एउटा विरानो मुलुकमा आफ्नो सामुदायिक पहिचनको अभ्याषलाई निरन्तर्ता दिन ।
  • आफ्नो भाषा; साहित्य; कला; संस्कृति; भेष-भुषा र समुदयसँग सम्बन्धित विभिन्न पहिचानहरु उजागर गर्न, जोगाउन र त्यस्ता विषय-बस्तुहरुलाई प्राथामिक्ताको साथ सामुदायिक महत्वा झल्काउन ।
  • अमेरिकामा भुटानी नेपाली भाषा साहित्यलाई संस्थागत गर्न बुद्धिजिवीहरु प्रती आव्हान गर्न । जसले गर्दा हामी बाँच्ने यो भूमिमा आफ्नो मातृभाषा मर्ने छैन । यही पिडी देखी नै आफ्नो भाषा पठन-पाठन हुनेछ जसको निम्ती हाम्रा वुद्धिजिवीहरुले स्तर अनुसारको पाठ्यक्रम निर्माण र आवश्यक स्रोत-साधन सँकलन गर्न उत्साहित हुनुहुनेछ ।
  • मन्च; निकाश वा भरपर्दो सामाजिक आधार नपाएका कलाकार, स्रस्टा वा साहित्य-संगित प्रेमी र समाज निर्माण प्रती झुकाव भएकाहरुको निम्ती माध्यम वा मन्च निर्माण गर्न एउटा प्रायस ।
  • अमेरिकामा पुनर्वास भएका भुटानी युवाको आफ्नो समाजप्रतिको श्रद्धा भाव र समर्पणलाई दिगो राख्न र यसलाई अझ प्रगतिशिल बनाउन युवाहरुद्वारा, युवाहरुसँग,युवाहरुको निम्ती युवाहरु बिच निर्माणका गतिविधी कार्यक्रम गर्न र गराउन ।
  • अमेरिकामा पुनर्वास भएका सम्पूर्ण भुटानी नेपालीहरुलाई भाषा, संस्कृती(जिवनशैली) र उत्पति (जन्म)भूमिको आधारमा एकै ठाउँ ल्याउन एउटा प्रायस।

आव्हान :

यही मिती 06-22-2012 मा अमेरिकाको क्यालिफोर्नियामा हुन लागेको 'दोश्रो अमेरिकि भुटानी सक्कर प्रतियोगिता 2012'मा हाम्रो यूवा खेलडिहरु यसै क्लब मार्फत डालस सिटीको नाममा सहभागी हुँदैछन । यसर्थ यहाँले यूवाहरुको खेलकुद प्रतिको प्रेम र जोसलाई हौसला दिई सहयोग गरिदिनु हुनेछ भन्ने आशा गर्दै यहाँलाई सानो सहयोग र साथको निम्ती आव्हान तथा हार्दिक अनुरोध गर्दछौँ । हजुरको सहयोग र समर्थन बिना हाम्रो प्रायस वा कार्यक्रम अधुरो र फितलो रहनेछ । आज आफ्नो समाजलाई शिरमा राखी भविष्य निर्माणमा लागेका युवाहरुलाई तपाईं जस्तो समाजको हरेक समजदार व्याक्तिको सहयोगको आवश्यक्ता छ । आशा छ हजुरले युवाहरुमा जागेको खेलकुद प्रतिको प्रेम र जोस मर्नदिनु हुनेछैन ।

यसै आव्हान पत्र मार्फत २०१३मा फोर्ट वोर्थ, टेक्ससमा तेस्रो अन्तर - प्रान्तिय भुटानी सक्कर प्रतियोगिता गराउने जो यूवाहरुको आट छ त्यसलाई पनि समर्थन जुटाइ दिन सम्पुर्ण महानुभावहारुलाई यो हाम्रो साधु बिन्ती छ ।



प्रार्थी
बिकास घले
संयोजक
भुटानी ड्रेगोन लिगेसी सक्कर क्लब
४५०० क्याम्पस ड्रइव, फोर्ट वोर्थ, टेक्सस्, ७६११९

No comments:

Post a Comment